मौलाकालिका दौडको उपाधि रिमाललाई

1K

मौलाकालिका दौडको उपाधि  रिमाललाई

ri

चितवन, कार्तिक ३/प्रत्येक वर्ष फुलपातीको दिन आयोजना हुँदै आएको लायन्स लियो मौलाकालिका शान्ति दौड प्रतियोगितामा यसवर्ष धादिङका हरिकुमार रिमाल प्रथम भएका छन् । उनले नारायणगढको लायन्सचोकदेखि गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको दुरी २३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् ।चितवनकै पुरानो लायन्स तथा लियो क्लव अफ नारायणगढको आयोजनामा भएको दौडमा २३ मिनेट ५५ सेकेण्डमा दुरी पुरा गर्दै रामेछापका होमलाल श्रेष्ठ द्धितिय र २४ मिनेट ११ सेकेण्डमा दुरी पूरा गर्दै डोटीका खगेन्द्रबहादुर भाट तृतीय स्थान हासिल गरे । यसैगरी धनगढीका किरण मल्ल  चौथो, भक्तपुरका हरेराम नेपाल पाँचौ, काठमाडौंका लक्षमण मल्ल छैठौं, नेपालगञ्जका हेमराज थापा सातौं, मकवानपुरका विवेक चेपाङ आठौं, डडेलुधुराका मोहनसिंह तमौली नवौं र भरतपुरका जीवन राना दशौं स्थान हासिल गरे|प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितिय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै चौथोदेखि दशौं स्थानसम्म हासिल गर्नेले नगद एक–एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । उनीहरुलाई मौलाकालिका मन्दिर परिसरमै पुरस्कार वितरण गरिएको थियो ।लायन्स क्लव अफ नारायणगढका पूर्व अध्यक्ष सिद्धकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवंम् लायन्स क्लवका अध्यक्ष विवस पिया र लियो क्लवका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा चितवन क्षेत्र नं ४ का सांसद रामकृष्ण घिमिरे, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेल, लायन्स ३५२ बि टु का फष्ट डिष्ट्रिक्ट गर्भनर लायन घनश्याम भट्टराईलगायतको उपस्थिति रहेको थियो । दौडको संयोजकको रुपमा लायन्स क्लवका उमेश श्रेष्ठ र लियो क्लवकी निता श्रेष्ठ रहेका थिए ।