अर्घाखाँची । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले जलस्रोतको धनी देस नेपाललाई लोडसेडिंग मुक्त देस बनाउन उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भएको छ ।
उहाले देस तथा बिदेसका लगानीकर्ताहरु खोजेर जलबिद्युतको उत्पादन गर्ने काम पहिलो प्राथमिकताका साथ अगाडी बढाउने र उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भयो ।
बिजयादशमी मनाउन गृह जिल्ला अर्घाखाँचीमा आएको समयमा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको स्वागत तथा पत्रकार सम्मेलनमा बोल्दै एकिकृत नेकपा माओबादीका नेता समेत रहेका रायमाझिले सबै दलको सहमती र सहकार्यबाट स.बिधान निर्माण भएको र संबिधानको कार्यन्वयनकालागि पनि सबै दलको सहकार्य र सहमतीको सरकार आबस्यक रहेको बताउनु भएको छ ।
उहाले भारतले गरेको अघोषित नाकाबन्दी पहिलो नभएको र पटक पटक हुने नाकाबन्दीको विकल्प सृजना गर्न नस्कनु नेपालका राजनितिक दल र राजनेताको कमजोरी रहेको धारणा राख्नु भयो ।
भट्टराई निकटका मानिने नेता रायमाझिले स.बिधान बनाउन महत्वपुर्ण योगदान गरेका बाबुराम भट्टराईले पाटी र सभासद छाड्नु हतारको निर्णय भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेल, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलन पत्रकार महास.घका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।