लिटिल एन्जलको उपाधि समिरालाई

1.3K

लिटिल एन्जलको उपाधि समिरालाई

बुटवल । लियो क्लब अफ बुटवलको आयोजनामा संचालित दोस्रो लिटिल एन्जल प्रतियोगिताको उपाधि समिरा सोनीले जितेकी छन् । बुटवल उद्योग वाणिज्य संघको हलमा सम्पन्न फाइनलमा अन्य ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवल इलिट उच्च माविकी छात्रा समिराले उपाधि जितेकी हुन् ।

कक्षा ३ देखि ७ सम्मका स्कुले बालिकाबीच भएको प्रतियोगिताको पहिलो अडिसनमा ५ सय जनाले भाग लिएकामा ३७ जना फाइनलका लागि छनोट भएका थिए । प्रतियोगितामा न्यू होराइजन बोर्डिङकी सुस्मिता खरेल फस्ट रनर्सअप, बुटवल पब्लिक स्कूलकी बिन्दु बस्नेत सेकेण्ड रनर्सअप र दीप बोर्डिङकी रुनिभा लाकौल भ्युअर्स च्वाइस घोषित भइन् ।

यस्तै बेष्ट चार्म रिदिमा अधिकारी देउजा, मिलनसारमा कृति श्रेष्ठ, बेष्ट हेयरमा सम्पुर्ण पाण्डे,बेष्ट पर्सनालिटीमा अनिष्मा श्रेष्ठ, बेष्ट फोटोजेनिकमा खुशी बुढामगर, बेष्ट स्माईलमा आकांक्षा मल्ल, बेष्ट कन्फिडेण्टमा स्मारिका थापा, अनुसासनमा कृषा कार्की, मोस्ट एक्टिभमा आरशी श्रेष्ठ, बेष्ट वाकमा  सदिक्षा पाण्डे, नृत्यमा जस्मिन सोमरे मगर, कविता वाचनमा समृद्धि श्रेष्ठ, गायनमा साध्वी श्रेष्ठ, बेष्ट स्पीचमा सदिक्षा मरासिनी र मोस्ट ट्यालेन्टमा  प्रकृति पौडेलले उपाधि जिते ।

उनीहरुलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका सेकेण्ड भीडीजी सुनिल वझाले पुरस्कार प्रदान गरे । प्रतियोगिताको कोरियोग्राफी रेशम न्यौपानेले र फेसन डिजाइन एलिजा तुलाधरले  गरेका थिए । सञ्चारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न फाइनल कार्यक्रममा स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा बोल्दै आयोजक क्लबकी अध्यक्ष एलिजा तुलाधरले बालबालिकाको क्षमता विकासमा टेवा  पु¥याउने उद्देश्यले लिटिल एन्जल प्रतियोगितालाई निरन्तरता दिएको र गत वर्ष भन्दा यसपटक सहभागिताका दृष्टिले उत्साहजनक भएको बताइन् ।