कांग्रेस रुपन्देहीको माग= सुख्खाग्रस्त क्षेत्र घोषणा गर

1.3K

कांग्रेस रुपन्देहीको माग= सुख्खाग्रस्त क्षेत्र घोषणा गर

nc

बुटवल । नेपाली कांग्रेस रुपन्देहीले रुपन्देही जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने माग गरेको छ । लामो समय परेको खडेरी र पानी नपरेका कारण कृषकहरुले लगाएको धान बाली अहिलेसम्म नपसाएको भन्दै कांग्रेस रुपन्देहीले जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणाको माग गरेको हो । कांग्रेसको बसेको बैठकले किसानले लगाएको धान पानीको अभावमा ठाडै सक्न लागेको उल्लेख गर्दै जिल्लालाई सुख्खाग्रस्त क्षेत्रको घोषणासँगै कृषकलाई राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको हो ।

यसैगरी ईन्धनको अभावले किसानले लगाएको धानबाली स्याहार्ने समय हुँदा बजारमा देखिएको ईन्धनको अभावले पाकेको बाली स्याहार्न समस्या भएको भन्दै त्यसका लागि किसानलाई पायक पर्ने स्थानमा ईन्धनको ब्यवस्था गरिदिन जिल्ला प्रसासनसँग कांगेसले आग्रह गरेको हो ।

त्यसैगरी हिन्दुहरुको महानपर्व विजयादशमी तथा शुभदिपावली र छड पर्वको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्दै पार्टिले कोजाग्रत पुर्णिमाका दिनमा गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम कात्तिक ११ गते भैरहवा पार्टि कार्यालयमा राखेको सचिव हिराबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति मनोरमा शेरचन, जिल्ला सदस्यहरु जनक कोईराला, प्रेमनारायण खरेल, रामबहादुर कार्की, लगायतले बोल्दै विजया दशमी तथा दिपावलीको शुभकामना दिएका थिए