आयरल्याण्डलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट

1.3K

आयरल्याण्डलाई  हराउँदै नेपाल  विश्वकपका लागि छनोट

cricket

मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटमा नेपालले फाइनलमा  आयरल्याण्डलाई हराएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको छ ।

आज भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।  आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ८४ रन बनाएको थियो  । नेपालका लागि सुनिल धमलाले ४७, राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ रन बनाउदाँ दिपेन्द्रसिंह ऐरीले २६ रन बनाए ।