कापी उद्योगमा आगलागी

491

कापी उद्योगमा आगलागी

logoविराटनगर, ७ कात्तिक । मोरङमा गएराति बेग्लाबेग्लै स्थानमा आगलागी भएर १७ चौपाया र नगदसहित लाखौँ मूल्य बराबरका सम्पत्ति जलेर नष्ट भएका छन् ।

अमाहीवरियाती गाविसमा र विराटनगर–१५ स्थित एक कापी उद्योगमा आगलागी हुँदा ३६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अमाहीवरियातीमा गङ्गाप्रसाद मण्डलको घरमा गएराति ११ बजे बालिएका टुकीबाट आगो फैलिएर मण्डल र छिमेकी घरसमेत गरी पाँचवटा घर जलेर नष्ट भएका छन् ।

मण्डलले आफ्नो घरमा राखेका नगद रु दुई लाखका साथै १७ वटा चौयाया जलेर नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा मण्डल घाइतेसमेत भएका छन् ।

त्यसैगरी, विराटनगर–१५ स्थित चूडामणि दत्तको घर भाडा लिई लक्ष्मीनारायण साहले सञ्चालन गरेका कापी उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २५ लाख बराबरको क्षति भएको छ ।

सो आगलागीमा परी कच्चा पदार्थ र मेसिनसमेत जलेर नष्ट भएको छ । रासस