अक्सफोर्डमा शुभकामना

281

अक्सफोर्डमा शुभकामना

बुटवल, २७ फागुन । अक्सफोर्ड उच्च मा.वि बुटवल १० सुख्खानगरमा कक्षा नौ र दशका विद्यार्थी बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कक्षा नौ मा अध्ययनरत छात्रा प्रेषिका खातीको अध्यक्षता तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिनेश भुसाल, सदस्य ललित खरेल, क्याम्पस प्रमुख मनोज मरासिनी, डा.विल्भव पाण्डे, मोहन क्षेत्री, शालिकराम पौडेल, घनबहादुर थापा, नरबहादुर थापा, सरीता भुसाल, रीता पाण्डे लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रममा गरिनुका साथै मायाको चिनो आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले परीक्षाको तयारीमा जुटेका विद्यार्थीको सफलताको कामना गरेका थिए । कार्यक्रम रचित पराजुली र विविधा खनालको सञ्चालनमा भएको थियो ।