व्याकुल माइला गोल्डकप सोमबारदेखि हुने

व्याकुल माइला गोल्डकप सोमबारदेखि हुने

byakulकाठमाडौं, ७ कात्तिक । राष्ट्रियगान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्डकपको पाँचाँैं संस्करण सोमबार सुरु हुँदै छ ।
फुटबल प्रतियोगिता ओखलढुङ्गाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी किनारमा नौ दिन सञ्चालन हुने आयोजकले जनाएको छ ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको सो फुटबल प्रतियोगिता आयोजक संस्था दूधकौशिका प्राविका प्रधानाध्यापक आश्राचन राईले गोल्डकपको मुख्य उद्देश्य खेलकुदलगायत विकास निर्माण र विविध पक्षबाट पिछडिएको ठाउँका प्रतिभालाई मौका प्रदान गर्नु, यस क्षेत्रको समग्र विकास कार्य सम्बन्धमा आवाज उठाउनु, राष्ट्रियगान रचनाकार जन्मिएको हिलेपानी सोक्मटार गाउँलाई चिनाउनु रहेको बताउनुभयो ।
हिलेपानी फुटबल क्लबका महासचिव पूर्णसिंह राईका अनुसार यस पटक ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली र ललितपुर जिल्लाका गरी १८ टोलीको सहभागिता रहनेछ । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •