पैतीसौँ नेपाल भाषा साहित्य सम्मेलन सुरु

908

पैतीसौँ नेपाल भाषा साहित्य सम्मेलन सुरु

logoभक्तपुर, ७ कात्तिक । नेपाल भाषा एवम् साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा आजबाट दुईदिने नेपाल भाषा साहित्य सम्मेलन सुरु भएको छ ।
नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुरमा ३५ वर्ष अगाडिदेखि आयोजना गर्दै आएको साहित्य तःमुंज्यामा यसवर्ष भूकम्प प्रभावित जनताको पीडा, भारतीय नाकाबन्दीले सिर्जना गरेको समस्याका बारेमा साहित्यमार्फत जनतालाई जानकारी गराइएको छ ।
सम्मेलनको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले नेपाल भाषा साहित्यको संरक्षणमा योगदान पु¥याएवापत संस्कृतविद् सत्यमोहन जोशीलाई ताम्रपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक, नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष कान्छा बासुकला, आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद धन्छालगायत विभिन्न वक्ताले भाषाको संरक्षणमा युवा पुस्ताले चासो दिनुपर्ने औल्याउनुभयो ।
सम्मेलनमा आज नेपाल भाषाका प्रतियोगितात्मक चारवटा कथा, एउटा गीत, १० वटा कविता, दुईवटा नाटक, तीनवटा प्रहसन, ११ वटा नृत्य प्रस्तुत भएको आयोजक समितिका रविन्द्र ज्याख्वाले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी रचनामध्येबाट प्रथम, द्वितीय, तृतीय हुने रचनालाई क्रमश ः रु पाँच हजार, तीन हजार र एक हजार पाँचसय तथा प्रमाणपत्र प्रदान गरिनेछ । रासस