ललित पाण्डेय/
सैनामैना, २ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटवल प्रतियोगिताको आजको खेल कपिलबस्तु जिल्ला फुटवल संघले जितेको छ । एन्फा एकेडेमी बुटवल लाई ३–२ गोल अन्तरले पराजित गर्दै कपिलवस्तुले खेल जितेको हो ।
निकै प्रतिस्प्रर्धामत्क तरिकाले सञ्चालन भएको आजको खेलको ३ मिनेटमा एन्फाका जर्सी नं. ११ का शिव बोटेले पहिलो गोल गरि खाता खोेलेका थिए । त्यस्तै एन्फाकै जर्सी न ६ का शन्दिप गाहाले दोश्रो गोल गरेपनि जितको लागि प्रयाप्त भएन् । त्यस्तै कपिलवस्तुका जर्सी नं. २३ का अजय बनले ३४ औ मिनेटमा टिममा गोल गर्दै खाता खोलेका थिए । जर्सी नं. १० का अरुण थापाले ६० औ मिनेट र जर्सी नं. ९ का विष्णु रानाले दोश्रो हाफको ३४ मिनेटमा एक एक गोल गोल्दै खेल जितेका थिए ।
जनप्रिय स्पोर्टिङ्ग युवा क्लब आयोजना सञ्चालन भएको खेलमा सैनामैना नगरपालिका संरक्षक रहेको छ । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली न्यु सिर्जना युवा क्लब र सुनौलो शान्ति युवा क्लब बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगद १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।