बुटवलमा ईन्टर रोटरी रोट्रयाक्ट भलिवल

426

बुटवलमा ईन्टर रोटरी रोट्रयाक्ट भलिवल

बुटवल, ४ चैत । विश्व रोट्रयाक्ट सप्ताह २०१७ का अवसरमा बुटवलमा ईन्टर रोटरी–रोट्रयाक्ट भलिवल सुरु भएको छ । रोट्रयाक्ट क्लव अफ बुटवल साउथले स्व. रोटेरियन कमलराज पाठकको सम्झनामा आयोजित सो भलिवल प्रतियोगितामा बुटवल र आसपास क्षेत्रका १३ वटा रोटरी तथा रोट्रयाक्ट क्लवहरुको सहभागिता रहेको छ ।

क्लवका अध्यक्ष बालकृष्ण भण्डारीको अध्यक्षता, नेपाल भलिवल संघका उपाध्यक्ष बिष्णुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले मानविय सेवा र मानव जिवनमा खेलको महत्वबारे प्रकाश पारेका थिए । क्लवका सचिव रमेश नेपालको संचालनमा भएको उक्त कार्यक्रममा रोटेरियन लिडरहरु लक्ष्मण ज्ञवाली, मणि पाठक, हरि पौडेल, कार्यक्रम संयोजक रमेश न्यौपाने लगाएतले रोटरी क्लवले समाजसेवाका क्षेत्रमा खेलेको भुमिकाको चर्चा गरेका थिए ।

आज बुटवल मन्डपमा सुरु भएको सो प्रतियोगिता भोलीसम्म चल्ने आयोजक समितिले जनाएको छ । बिजेताले रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन ।