न्यू लाईटमा नृत्य प्रतियोगिता

1.6K

न्यू लाईटमा नृत्य प्रतियोगिता

बुटवल, ४ चैत । रुपन्देहीको तिलोत्तमा–५ शंकरनगर स्थित न्यू लाईट कलेजले वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण तथा नृत्य प्रतियोगिता गरेको छ ।

कलेजका संस्थापकहरु तथा सञ्चालकहरुले स्थापना गरेका विभिन्न अक्षयकोषबाट विपन्न, जेहेन्दार, दलित, मधेशी, छात्रा लगायतका छात्रवृत्तिहरु प्रदान गरिएको थियो । यस्तै वर्षभर सञ्चालित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

सोही अवसरमा उत्कृष्ट प्राध्यापक कल्पना सुवेदी सम्मानित हुनुभयो । यसैगरी विद्यार्थीहरुबीच भएको लोक नृत्य प्रतियोगितामा प्रिया गुरुङको समुह प्रथम भएको निर्णायक संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षता तथा कलेज सञ्चालक समितिका अध्यक्ष बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजका उपाध्यक्ष टेकराज अर्याल, कलेज प्रमुख रमेश ज्ञवाली, उच्च मा.वि तर्फका प्राचार्य सीताराम भट्टराई, सल्लाहकार प्रेम बहादुर भण्डारी, शैक्षिक संयोजक राजेन्द्र कुँवर, विद्यार्थीहरु कृष्ण ज्ञवाली, काशी गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।