सैनामैना गोल्डकपमा सालझण्डीको जित

483

सैनामैना गोल्डकपमा सालझण्डीको जित

ललित पाण्डेय/
सैनामैना, ४ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आजको खेल सालझण्डी युवा सञ्जाल सालझण्डीले जितेको छ । नव युवा खेलकुद तथा सांस्कृतिक लाई ५–१ गोल अन्र्तरले हराउदै सालझण्डी युवा सञ्जाल सालझण्डीले खेल जितेको हो ।

आजको खेलमा सालझण्डीका ११ नम्बर खेलाडी उमेश थापाले ४० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पुरन भण्डारी, प्रवश थापाले एक/एक गोल गरका थिए । एलन थापाले ७२ र ८० औ मिनेटमा २ गोल गर्दै फराकिलो अन्तरले युवा सञ्जालले जितेको हो । त्यस्तै नवयुवा खेलकुदका विश्वास थापाले एक मात्र सान्तवना गोल गरेका थिए ।

आजको खेलमा सालझण्डी एलन थापा खेलको म्यान् अफ् द म्याच घोषित भएका छन् । जनप्रिय स्पोर्टिङ्ग युवा क्लब आयोजना सञ्चालन भएको खेलमा सैनामैना नगरपालिकाको संरक्षक रहको छ । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ ।

१४ टिमको सहभागिता रहेको खेलमा भोली सैनामैना ११ र युनाईटड कपिलबस्तु बिच खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७, द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको आयोजकले जनाएको छ ।