कृषि तालिम समापन

406

कृषि तालिम समापन

रुपन्देही, ६ चैत । लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना र सैनामैना नगरपालिकाको सहयोगमा संञ्चालित मधेसी मुस्लीम र पिछडाबर्ग लक्षित तीन दिनेकृषि तालिम आज एक कार्याक्रमका बिच समापन भएको छ ।

सैनामैना नगरपालिककाले  लक्षित बर्गको क्षमतावृद्धि गर्ने उद्वेश्यले गरेको कार्यक्रममले  आधुनिक कृषि प्रणालीबाट गरिने खेतीपाती तथा अर्गानिक तरकारी उत्पादनमा सहयोग पुग्ने  लक्ष्य लिएको  बताईएको छ । तीन दिनसम्म संञ्चालन भएको  तालिमले  आफुहरुलाई कृषिउत्पादनको लागि उत्साह बनाएको उनीहरुले बताएका ।

समापन समारोहमा बोल्दै सहभागी शिलामल्लाहले  आफुहरुलाई नयां तिीकाले उत्पादन गर्न यस्ता कार्याक्रमले  थप हौसला बनाएको बताई न।  नगरपालिकले  कार्याक्रम सहरमुखी भन्दा ग्रामिण क्षेत्रमा गएर संञ्चालन गर्ने वाताबरण बनाउनु पर्नै बताईन । उक्त कार्यक्रममा बोल्दै सहभागी कृषक हिरा बहादुर मौरेले नयां र अलि लामो बनाउनु पर्ने बताउदै यो कार्यक्रमले कृषिउत्पादनमा सहयोग पुग्ने बताए । नगर समन्य समितिका सहसंयोजक बिष्णु यादबको प्रमुख आतिथ्य लुम्बिनी ग्रामिण विकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षता र रामप्रसाद पौडेलको संञ्चालनमा कार्यक्रम भएको थियो