मैत्रीपुर्ण खेलमा पत्रकार विजयी

558

मैत्रीपुर्ण खेलमा पत्रकार विजयी

ललित पाण्डेय/
सैनामैना, १३ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज भएको मैत्रीपुर्ण खेलमा पत्रकार ११ ले खेल जितेको छ । आयोजकलाई लाई ४–१ गोल अन्र्तरले पराजित गर्दै पत्रकारको समुहले खेल जितेको हो । पत्रकारको टिम बाट दिपक न्यौपानेले १३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए ।

त्यस्तै दिपकले २९ औ मिनेटमा दोश्रो गोल गर्न सफल भएका थिए । सन्देश केसीले ३२ औ मिेनटमा १ गोल गर्दै खेललाई अगाडि बढाएका थिए । आयोजक जनप्रिय स्पोटिङ्ग क्लबका चित्र थापाले २२ औ , राम गैरेले ३० र ४५ औ मिनेटमा विष्णु पाण्डेयले लगातार एक गोल गरेपछि खेल बराबरी भएको थियो । अन्तमा खेल बराबरी भएपछि ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा पत्रकारको समुहले लगातार गोल गरेपछि खेल जितेको थियो । आयोजकले १ गोल गरे पनि अरु असफल पार्न गोल किपर भिष्मको भुमिका प्रशसनिय रहेको थियो । आजको खेलमा ३ गोल गर्न सफल पत्रकारको समुह बाट दिपक न्यौपाने खेलको म्यान् अफ्द् म्याच् घोषित भएका छन् ।

सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल भोली सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा फाईनल भोली उपाधिको लागि फर्सा्टिकर एफ सी र देशभक्त नवलपरासी भिड्ने छन् । प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ ।

त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।