‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

12193487_10206412780773329_4993878072042901408_nकाठमाडौँ। यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा आज पुरस्कृत हुनुभएको छ ।
मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो । पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति रु एक एक लाख छ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष डा जीवा लामिछानेले सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •