देवहदमा ग्यासको कालोबजारी

457

देवहदमा ग्यासको कालोबजारी

aaaaकमला अर्याल
देवदह कात्र्तिक । रुपन्देहीको देवदहबाट विभिन्न पसलहरुबाट लुकाएर राखेका सिलिन्डर ग्यास बरामद गरिएको छ । देवदह–८ शित्तलनगरका न्यू सिद्धार्थ ट्रेडर्सबाट २३ वटा र जिज्ञासा ट्रेडर्सबाट ५ वटा सिलिन्डर ग्यास बराबर गरिएको छ । त्यस्तै देवदह–६ खैरेनी पाण्डे किराना पसल एण्ड शिवजी ईन्टरप्राईजेजबाट २ वटा र गणपति किचन वयलबाट ५ वटा सिलिन्डर ग्सास बरामद गरिएको छ । व्यापारीहरुले उपभोक्ताहरुलाई पसलमा ग्यास भएपनि छैन भन्ने गरेको र दिएपनि रातिमा महङ्गो मूल्य लिने गरेको गुनासो उपभोक्ताले गरेपछि प्रहरीले छापा मारेको प्रहरीले जनाएको छ । उक्त बरामद गरिएका ग्यास तत्कालनै उपभोक्तालाई विक्री वितरण गरिएको देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्यालले बताउनु भयो । खैरेनीका व्यापारिले एउटा सिलिन्डर ५ हजार र शित्तलनगरका व्यापारिले ४७०० सम्ममा बेच्ने गरेको र ग्यास २ हजार सम्ममा बेच्ने गरेको उपभोक्ताले प्रहरी समक्ष गुनासो गरेको देवदह प्रहरी चौकीले जनाएको छ