अघांखाचीमा भलिबल प्रतीयोगीता

519

अघांखाचीमा भलिबल प्रतीयोगीता

khel 4

लक्ष्मण राना

अर्घाखाँची कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा आज शुक्रबार देखि गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता सुरु भएको छ ।जिल्लाका बिभिन्न गाविस र सन्धिखर्क नगरपालिकाका केहि वाड गरि १८ टिमको सहभागीता रहेको भलिबल प्रतीयोगतिाको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले उद्घाटन गर्नुृ भयो । उद्घाटन समारोहमा मन्तब्य राख्दै जिल्ला खेलकुद संघका अध्यक्ष सिद्धि प्रसाद भुसालले खेलको बिकास बिना देसका बिकास सम्भब नभएको बताउदै विश्वमा नेपाललाई चिनाउनका लागि खेलकुदनै प्रमुख आधार रहेको बताउनु भयो । खेलले युबाहरुलाइृ अनुशासन र लगनसिलता सिकाउनुका साथै युबाहरुलाइृ कुलत र दुब्र्यसनीबाट जोगाउन पनि खेलकुदले प्रमुख भुमिका राख्ने बताउनु भयो । उहाले जिल्लामा गाविस स्तरीय खेल राखेकामा आयोजक अर्घाखाँची युबा परिसदलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदले परिसदका सस्थापक तिलक खत्रीको स्मृतीमा गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीताको आयोजना गरेको हो ।  भलिबल खेलमा लगातार तीन पटक बिजय हुने टिमलाई रनिंगशिल्ड र नगद एकलाख प्राप्त गर्नेछ । भने अहिलेको प्रतीयोगीतामा प्रथम द्धितीय र तृतीय हुने समुहलाई  तीस हजार , बीस हजार र दस हजार नगदको साथमा   शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अर्घाखाँची युबा परिसदका सदस्य प्रकाश भुसालले बताउनु भयो ।