धावक पण्डित पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट सम्मानित

1.3K

धावक पण्डित पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट सम्मानित

Sanjay_Pandit_rangasala-_MG_9693-9693-21-300x200काठमाडौँ, १५ कात्तिक । कीर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा म्याराथुन धावक सञ्जय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरो’ बाट सम्मानित गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा सदस्य–सचिव केशवकुमार विष्टले राखेपका तर्फबाट प्रदान गरिएको रु २५ हजार तथा ताम्रपत्रसहित सम्मान गर्नुभयो ।

विश्वका सर्वोच्च हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएकाले अझ हौसलास्वरुप धावक पण्डितलाई सम्मान गरिएको राखेपले जनाएको छ ।

धावक पण्डितले सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमालले चिनिने मनास्लुबाट आरोहण यात्रा सुरु गर्नुभएको थियो । पछि उहाँले अफ्रिकाको उच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर एलबु्रस, अस्ट्रेलियाको उच्च शिखर कोजियस्को, दक्षिण अमेरिकाको उच्च शिखर एकन्कागुवा, जापानको उच्च शिखर फुजिमा तथा अमेरिकाको उच्च शिखर डेनालीजस्ता प्रायः सबै महादेशका उच्च हिमशृङ्खला आरोहण गरिसक्नुभएको छ ।

अब पण्डितले अन्टार्टिका महादेशको भिन्सन मासिफ यसै वर्षको अन्त्यतिर आरोहण गर्ने लक्ष्य लिनुभएको छ । राखेपका सदस्य–सचिव विष्टले सो हिमालको आरोहणको यात्रामा गइरहेका धावक पण्डितलाई सरकारसमक्ष सहयोगका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो