भिटामिन ‘ए’ खुवाउन सुरु

488

भिटामिन ‘ए’ खुवाउन सुरु

aकाठमाडौँ, १६ कात्तिक । भिटामिन ‘ए’ खुवाउने कार्यक्रमअन्तर्गत आज पहिलो दिन काठमाडौँ महानगरपालिकाका ३५ वटा वडाका झन्डै ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाएका छन् ।

छ महिनादेखि पाँच वर्षसम्मको बालबालिकालाई जुकाको औषधि, भिटामिन ‘ए’ बालभिटा खुवाउने र कुपोषण छ छैन भनी जाँचका लागि महानगरपालिकाअन्तर्गतको ३५ वटा वडाको एक लाख २० हजार बालबालिकाका लागि कार्यक्रम सुरु गरेको काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यो कार्यक्रमको लागि प्रत्येक वडाका स्वयम्सेवक, महानगरपालिकाका कर्मचारीसहित ६३८ जना सक्रियरुपमा लागेका छन् भने खुवाउनका लागि प्रत्येक वडामा गरी २८० वटा स्थान तोकिएको छ । खुवाउनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्ममा बालबालिकालाई वडाको तोकिएको स्थानमा लानुपर्ने छ । आजदेखि सुरु भएको सो कार्यक्रम आगामी बिहीबारसम्म चल्नेछ । रासस