राधाकृष्णलाई पन्छाउंदै वालिङ सेमिफाइनलमा

530

राधाकृष्णलाई पन्छाउंदै वालिङ सेमिफाइनलमा

बुटवल, २२ भदौ । १७ औँ लिस्नु कप नकआउट फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार वालिङ नगरपालिका स्याङजा विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पशुपति उच्च मावि कोटिहवाको मैदानमा सम्पन्न प्रतिस्पर्धामा वालिङ राधाकृष्ण फुटबल क्लब बुटवल विरुद्ध २–१ गोल अन्तरले विजयी भएको हो । वालिङलाई जित दिलाउन निरजले पहिलो हाफको २२ औं मिनेटमा र अजिददिन मियाले २७ औं मिनेटमा एक एक गोल गरेका थिए । राधाकृष्णका तर्फबाट एक मात्र गोल प्रविनले पहिलो हाफको २५ औं मिनेटमा गरेका थिए ।

अब वालिङले फाइनल प्रवेशका लागि सुपौली फुटबल क्लब सुपौली रुपन्देहीसंग भदौ २४ गते खेल्ने छ । बिहीबारको खेलमा वालिङका टिम क्याप्टेन लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । शुक्रबारको पहिलो सेमिफाइनल खेल डिवाईसी कोटहीमाई रुपन्देही र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपलबीच हुने आयोजक लिस्नु युवा क्लबका सहसचिव मनोज क्षेत्रीले जानकारी दिनुभयो ।