बालदिवसमा एभरेष्टद्वारा अनाथ असाहयलाई शैक्षिक सामग्री

501

बालदिवसमा एभरेष्टद्वारा अनाथ असाहयलाई शैक्षिक सामग्री

बुटवल, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल सुख्खानगर स्थित एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले अनाथ तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा फलफुल वितरण गरेको छ ।

एभरेष्ट माविले रुपन्देहीको कोटिहवामा रहेको नेपाल अभिनास अनाथालयका बालबालिकाहरुलाई बिहीबार एक कार्यक्रमका बिच शैक्षिक सामग्री तथा फलफुल वितरण गरेको हो । एभरेष्टका सह–प्राचार्य भिमसेन गौतम र बाल क्लबका विद्यार्थीहरुले अनाथालयका अध्यक्ष कृष्ण ज्ञवाली र त्यहा आश्रित १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, फलफुल र स्कुल व्याग प्रदान गरेका हुन् ।

त्यसैगरी विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगितामा विजयी करिब दुईसय विद्यार्थीलाई पुरस्कृत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयले शैक्षिक क्रियाकलाप मात्र नभएर मानवीय र सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराई सामाजिक भावनाको विकास गराउन अतिरिक्त कार्यक्रमहरु आयोजना गर्नु पर्ने बताउनुभयो ।

यसैबीचै विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । जसमा छात्रा भलिबल तर्पm ग्रीन हाउस प्रथम, ब्लु हाउस द्वितीय भएका छन् । यसैगरी जुनियर छात्रतर्पm ग्रीन हाउस प्रथम, रेड हाउस द्वितीय र सिनियर तर्पm एल्लो हाउस प्रथम र ग्रीन हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् ।

शिक्षक पोषण आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय वरिष्ठ सह–प्राचार्य माधव प्रसाद आचार्य, सह–प्राचार्य भीमसेन गौतम, खेलकुद संयोजक अर्जुन घिमिरे लगायतले विद्यार्थीहरुको आत्रिक प्रतिभाको प्रस्फुटन गराउनका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।