बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेड पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । २०६७ साल कार्तिक १७ देखि बैंकिङ्ग सेवा शुभारम्भ गरेको बैंकले हाल रुपन्देहीका बुटवल, सौ.फर्साटिकर,नवलपरासीको भुताहा र अरुणखोला तथा चितवनको टाँडीस्थित मुख्य र शाखा कार्यालय तथा रुपन्देहीकै रानीवगिया र चितवनको बुद्घचोकस्थित एक्सटेन्सन काउन्टरवाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
३ सय ८६ जना संस्थापक शेयरधनी, १० करोड चुक्ता पुँजी, २० करोड जारी पुँजी र ३० करोड अधिकृत पुँजी रहेको बैंकको निक्षेप १ अर्व र कर्जा लगानी ७६ करोड रहेको बैंकका कम्पनी सचिव भक्तबहादुर खड्काले जानकारी दिए । बैंकले गत आर्थिक बर्षको मूनाफावाट चुक्ता पूंजीको ९.५० प्रतिशत वोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
निष्काशनको प्रक्रियामा रहेको हकप्रद शेयर चूक्ता भए संगै बैकको कूल चूक्ता पूंजी २० करोड ९५ लाख पुग्ने छ । बैंकले १० करोड हकप्रद शेयर निष्कासन गर्ने, बैंकको स्विकृत कार्यक्षेत्र भित्र केहि थप शाखा तथा काउण्टर स्थापना गर्ने र एसएमएस सेवा शुरु गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले जानकारी दिए ।