काठमाडौं । इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।
उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।
तर, उनले गाडी भित्रै सेल्फी खिचेका छन् । बेकहृयाम अब भक्तपुर गएका छन् । उनले दरबार स्क्वायर अवलोकन गरेकाछन् । साथै एक सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि जानेछन् भने बालबालिकासँग भेट गर्ने र टौमदीमा पुगेर फुटबल खेल्ने कार्यक्रम छ ।
डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउन बेकहृयामले सात महाद्वीपमा पुगेर फुटबल खेल्ने छन् । उनी पपुवा न्यूगिनीबाट नेपाल आएका हुन् ।