स्थापना दिवशमा कम्बल वितरण

1.3K

स्थापना दिवशमा कम्बल वितरण

बुटवल,पुस ।
मुक्तीनाथ विकास बैक लिमिटेडढले आफ्नो स्थापना दिवशका अवसरमा बुटवलमा कम्बल वितरण गरेको छ । बुटवलको देवीनगरमा रहेको अपाङग आश्रममा पुगेर कम्बल वितरण गरिएको हो ।
बुटवल उपमहानगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा कम्वल वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।पोखरामा प्रधानकार्यालय रहेको वैक ११ वर्ष पुरा गरि १२ बर्षमा प्रवेश गरेको उपलक्क्षमा कार्यक्रम गरिएको वैकका बुटवल शाखा प्रमुख गोविन्द अधिकारीले बताउनु भयो ।
उहांले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि समाजिक उत्तरदायित्ववोधका साथमा अपाङग आश्रममा कम्वल वितरण गरिएको जानकारी दिनु भयो ।
उहांका अनुशार झण्डै ४० थान कम्वल वितरण गरिएको हो । अत्याधिक चिसो वढिरहेकोले आश्रममा रहेको वालवालीकाहरुलाई राहात पुग्ने उदेश्यले मानविय कार्य गरेको प्रति वडा अध्यक्ष पुनले आभार व्यक्त गर्नु भयो ।