बुटवल, ३० पुस । बुटवल ११ देवीनगर स्थित तिनाउ ईङ्लिस बोर्डिङ् स्कुलले साताव्यापी खेलकुद सप्ताहको तयारी गरेको छ । माघको दुई गतेदेखि ६ गतेसम्म सञ्चालन गरिने खेलकुँद सप्ताह–२०७४ मा विषयगत रुपमा ६० भन्दा बढी प्रतिस्पर्धा गराईने आईतबार बिद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
अनुशासित बनाउँदै गुणस्तरीय पठन पाठन र अतिरिक्त कृयाकलाप मार्फत बिद्यार्थीको व्यक्तित्व बिकास गर्ने अभिप्रायले वार्षिक रुपमा साप्ताहिक अतिरिक्त कृयाकपालमा प्रतिस्पर्धा गराउँदै आएको बिद्यालयका अध्यक्ष यज्ञमुर्ती पाण्डेले बताउनु भयो । उहाँका अनुसार प्रत्येक शुक्रबार बिद्यालयका बिद्यार्थीलाई अतिरिक्त कृयाकपालमा प्रशिक्षकद्वारा प्रशिक्षण गर्दै आएको र उनीहरुमा लुकेर रहेको प्रतिभा प्रष्फूटन गराउनकालागि प्रत्येक वर्ष साप्ताहिक प्रतिस्पर्धाका कार्यक्रम गरिएको हो ।
फरक फरक बिद्यार्थीमा फरक फरक प्रतिभा हुने भएकाले उनीहरुमा लुकेर रहेको प्रतिभा प्रष्फूटन गराउन र उनीहरुको क्षमतामा अझै बढी निखार ल्याउनकालागि यस्ता कार्यक्रम फलदायी हुने बिद्यालयकी प्रीन्सिपल सीता पाण्डेले बताउनु भयो ।
प्रतियोगिता अन्तरगत पूर्व प्राबि (नर्सरी, एलकेजी, युकेजी), कक्षा १ देखि ३ सम्म सव जुनियर, ४देखि ६ सम्म जुनियर र ७ देखि ९ सम्म सिनीयर गरि चार विभाजन गरि ६० बढी ईभेन्ट्समा बिद्यालयका करिव १ हजार २ सय बिद्यार्थीलाई प्रतिस्पर्धाको अवसर प्रदान गरिने बिद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख ईश्वरी पाण्डेले जानकारी दिनुभयो ।