आज वडा नम्वर ११ र १२ भिड्ने

1.2K

आज वडा नम्वर ११ र १२ भिड्ने

बुटवल २८जेठ ।बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज फाइनल खेल हुदैछ । आजको फाइन खेलमा वडा नम्वर ११ र वडा नम्वर १२ मैदानमा उत्रदैछन् ।

फिफा टेक्निकल सेन्टर बुटवलको खेल मैदनमा दिउसो चार बजे फाइनल खेल सुरु हुनेछ ।
पहिलो सेमीफाईनलमा डिफेन्डीङ्ग च्याम्पियन वडा नं. ८ लाई पछि पार्दै वडा नं १२ फाईनलमा पुगेको हो भने दोस्रो सेमीफाईनलमा वडा नं. ९ लाई पराजित गर्दै वडा नं. ११ उपाधी नजिक पुगेको हो ।

युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटीको आयोजनामा जेठ ११ गतेबाट शुरु भएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका अन्तरगतका १९ वडाहरु मध्य वडा नम्वर १५ वाहेकका १८ वडाले भाग लिएका थिए ।
प्रदेश नम्वर ५ का वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्नू भएको प्रतियोगिताको समापन बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेधीले गर्ने कार्यक्रम रहेको युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटीका सहसचिव विकास जंग बस्नेतले जनाकारी दिनुभयो ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।