बुटवल ३ असार / विप्पलप नेतृत्वको नेकपा निकटको विद्यर्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्तालको आह्वान गरेको छ ।
जेष्ठ ३० गते कोण सभाबाट आन्दोलन सुरु गरेको अखिल क्रान्तिकारीले ३१ गते देशव्यापि प्रदर्शन, असार १ गते मसाल जुलुस गरेको थियो । सहित आज एक दिनका लागि शैक्षिक हड्ताल गरिएको केन्दीय उपाध्यक्ष रुद्र भट्टराइद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा शिक्षामा लिइएको चर्को शुल्क घटाउनुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबुद्धि फिर्ता, केन्द्रिय नेताहरुको रिहाइ लगाएतका माग सहित अनेरास्वियु क्रान्तिकारीले शैक्षिक हड्तालको धोषणा गरेको उल्लेख छ ।
हड्तालका कारण यस क्षेत्रका शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।