क्रिकेट खेल्न बेलायती टोली पोखरामा

543

क्रिकेट खेल्न बेलायती टोली पोखरामा

cricat

पोखरा/इङ्गल्याण्डबाट आएको मेरिलेबोन क्रिकेट क्लव र पोखरा–११ विच सोमबार मैत्रिपूर्ण क्रिकेट हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त खेल निर्धारित ४० ओभरमा खेलाइने बताइएको छ । नेपाल भ्रमणमा रहेको मेर्लिबोनले यसअघि काठमाडौमा  क्यान ११ संग मैत्रिपूर्ण टी–ट्वान्टीमा जित हाँसिल गर्दै पोखरा आएको हो । कास्की जिल्ला क्रिकेट संघको समन्वयमा पोखरामा हुन लागको खेलका लागि पोखराको टिम दिपेश खत्रिको कप्तानीमा मैदान उत्रने कास्की जिल्ला क्रिकेट संघका सचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

टिमको उप–कप्तानमा विधान श्रेष्ठ तथा अन्य खेलाडीहरु रिजन प्रजु, विवेक तिवारी, राजु गुरुङ, श्याम त्रिपाठी, अमृत गुरुङ्ग, सुरज अधिकारी, विपिन खत्रि, सुदिप पौडेल र सुमन घिमिरे रहेका छन् । त्यसैगरि अन्य खेलाडीहरुमा चन्द्र गुरुङ्ग, अनिल गुरुङ्ग, शिव सुवेदी र रिकेश गुप्ता रहेका छन् । टिम कोचमा भोज गुरुङ्ग र व्यवस्थापकमा दिपेन्द्र चन्द रहेको कप्तान दिपेश खत्रिले बताए । खेल बिहान ९ बजेबाट शुरु हुने जानकारी दिइएको छ ।