वर्षाको कारण प्रदेश पाँचमा २५ करोडको ईटा क्षेती

828

वर्षाको कारण प्रदेश पाँचमा  २५ करोडको ईटा क्षेती


बुटवल, माघ । वर्षाका कारण प्रदेश पाँचका ईटा उद्योगहरुमा ठूलो क्षेती भएको छ । पटक पटक परेको वेमौषमी वर्षाका कारण प्रदेश पाँचका २०७ वटा उद्योगमा करिव २५ करोड रुपैंया बराबरको क्षेती भएको ईटा व्यबसायी महासंघ प्रदेश पाँचका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
प्रदेश पाँचमा संघमा आवद्ध भएका २०७ वटा ईटा उद्योग छन् । सबै उद्योगमा पोल्न ठिक्क पारेका ६ करोड भन्दा बढी ईटा पानीले गलेर नोक्सान भएको महासंघले जनाएको छ । यो वर्ष ईटा उद्योगमा भस्कट, माटो तथा बाहिरबाट आयात हुने कोईला अभावका कारण उत्पादन लागत बढेको अध्यक्ष घिमिरे बताउनु हुन्छ । सरकारले उद्योगी व्यबसायीलाई राहत दिने भन्दा पनि कच्चा पदार्थमा कर बृद्धि गरेर उत्पादन लागत बढाएको उहाँले गुनासो गर्नुभयो ।
काचो ईटा उत्पादन गर्दा प्रतिगोटा ४ रुपैंया लागत पर्ने बताउँदै पोल्न ठिक्क पारेका काचो ईटा सबै पानीले नोक्सान गरेका कारण ईटा उत्पादन घट्ने भएकाले ईटाको अभाव हुने तथा लागत समेत बढेकाले ईटाको मुल्य बढ्ने निश्चित रहेको उहाँले बताउनु भयो ।
भट्टामा पोल्न राखेको ईटा समेत वर्षाका कारण गुणस्तरीय नहुने उद्योगी बताउँछन् । ईटा उद्योगीहरुले यो वर्ष रुपन्देही जिल्लामा यहि माघको ५ गते भट्टामा फायरिङ् (आगो लगाउने काम) गरेका छन् भने कपिलबस्तुमा पुसको २० गते फायरिङ् गरेका थिए ।
माटो, भस्कट तथा कोईला अभावका कारण ईटाको लागत मुल्य बढ्न गएको हो । भारतको आसाम र ईन्डोनेसियाबाट कोईला आयात भएपनि आसामको कोईला खानीमा काम गर्ने मजदुरको मृत्यु भएपछि त्यहा अहिले उत्पादन छैन भने भारतको रानीगञ्जमा भारत सरकारले उत्पादन गरेको कोईला उहि खपत भएकाले नेपाल आयात हुन सकेको छैन । यस कारण नेपालमा कोईला अभाव भएको अध्यक्ष घिमिरेको भनाई छ ।
ईटा उद्योगीले काचो ईटाको विमा गर्न सरकारसंग माग गरेपनि सरकारले त्यस्तो प्रवन्ध मिलाउन सकेको छैन । व्यबसायिक सुरक्षामा ध्यान नदिने र राजश्व मात्रै संकलन गर्ने कार्यले आफूहरुले सरकारको अनुभूति गर्न नसकेको उद्योगीहरु बताउँछन् ।
वर्षाका कारण काँचो ईटा नष्ट भएका कारण कतिपय भट्टा बन्द हुने अवस्थामा पुगेका छन् । नयाँ ईटा तयार गर्न कम्तिमा १५ दिन लाग्ने र मौषम राम्रो नदेखिएका कारण रुपन्देहीका १०÷१५ वटा भट्टा बन्द हुने स्थितीमा रहेको लुम्बिनी ईटा व्यबसायी संघ रुपन्देहीका सचिव रमेश खनालले बताउनु भयो ।
अहिले काठमाण्डौमा ईटाको मुल्य प्रतिगोटा १७ रुपैंया छ । बिराटनगरमा १६ रुपैंया छ भने रुपन्देही, कपिलबस्तुमा १५ रुपैंया ३० पैसा तोकिएपनि उद्योगीले १४ रुपैंयामा कारोवार गरिरहेको अध्यक्ष घिमिरेले बताउनु भयो । उत्पादनमा लागत बढेको तथा काचो ईटा नष्ट भएका कारण अव १६ रुपैंया भन्दा कममा बेचेर पर्ता नपर्ने उहाँले बताउनु भयो ।
यस अंगाडीको पानीबाट काँचो ईटा नष्ट हुँदा उद्योगीले मुल्य बृद्धि गर्न दवाव दिएपनि आफूले थमथम्याएको बताउँदै अव पुरानै मुल्यमा बिक्रि गर्न नसकिने अध्यक्ष घिमिरेले बताउनु भयो ।