एनआईसी एशिया बैंक २२ औं वर्षमा प्रवेश :२२ चमत्कारिक विशेषता र १५ नयाँ निक्षेप योजना

712

एनआईसी एशिया बैंक २२ औं वर्षमा प्रवेश :२२ चमत्कारिक विशेषता र १५ नयाँ निक्षेप योजना


बुटवल, २१ चैत । एनआईसी एशिया बैंकले स्थापनाको २२ औं वर्ष प्रवेशको अवसरमा २२ वटा चमत्कारिक विशेषता सहितका योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना पुराना र नयाँ ग्राहकहरुको हितकालागि २२ वटा चमत्कारिक विशेषताहरु रहेको १५ वटा नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको हो ।

बैंकले बैंकको प्रादेशिक कार्यालय शँकरनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता र चमत्कारिक स्वरोजगार वचत खाता लगायतका योजना अगाडि सारेको जानकारी गराएको हो ।

यस्तै कर्मचारीहरुलाई केन्द्रित गरेर बैंकले चमत्कारिक तलव वचत खाता समेत संचालनमा ल्याएको छ भने कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरि चमत्कारिक योजनाहरु अगाडि सारिएको बैंकका प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्कीले जानकारी दिनुभयो ।

उहाँले २२ चमत्कारी योजनाहरुसँगै निक्षेप योजनामा १५ लाख सम्मको दुर्घटना बीमा र १५ लाखसम्मकै १८ घातक रोगहरुको बीमा तथा १ लाख ५० हजारसम्मको औषधी उपचार बीमा सुविधा समेत बैंकले प्रदान गर्ने बताउनुभयो । उक्त योजनाका लागि ग्राहकले कम्तिमा पनि आफ्नो खातामा एक लाख बढीको कारोवार गरेको र सोही रकम निक्षेप बचत भएको हुनु पर्ने प्रावधान रहेको छ ।

बैंकले ल्याएको नयाँ योजना र कार्यक्रमले सबै क्षेत्र, भेक, तह र तप्काका ग्राहकरुले सेवा पाउने प्रदेश प्रमुख कार्कीको भनाई छ । मुलुकभरी २८१ शाखा कार्यालयहरु रहेको बैंकको प्रदेश नम्बर ५ मा ५१ वटा कार्यालयहरुबाट १९ अर्ब लगानी, १३ अर्ब निक्षेप संकलन र १ लाख ९० हजार ग्राहक रहेको कार्कीले बताउनुभयो । रुपन्देही जिल्लामा मात्र २१ वटा शाखा कार्यालय विस्तार गरेको बैंकले मुद्धती निक्षेपमा सिल्भर, गोल्ड र डायमण्डका योजनाहरुलाई पनि अगाडि सारेको छ ।