गुल्मीमा शैक्षीक सामग्रि प्रदर्शनी

648

गुल्मीमा शैक्षीक सामग्रि प्रदर्शनी


गुल्मी/ जिल्ला शिक्षा कार्यालय गुल्मी अन्र्तगत तम्घास अगुवा स्रोत केन्द्रको आयोजनामा शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक शैक्षीक सामग्रि प्रर्दशनी २०७२ को आयोजना गरिएको छ ।
विद्यालयहरुमा अध्ययन गर्ने प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा पठनपाठनकालागि आवश्यक पर्ने सवै विषयहरुसँग सम्वन्धित सामग्रिहरुलाई प्रदर्शनीमा राखिएको थियो ।
कक्षा कोठामा शैक्षीक सामग्रिहरुको प्रयोगवाट अध्यापन गर्नाले शैक्षीक गुणस्तरमा वृद्धि हुने र विद्यार्थीहरुले सुनेको कुरा भन्दा पनि देखेको कुरालाई चाँडो सम्झन सक्दछन् भन्ने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको तम्घास अगुवा स्रोतकेन्द्रका प्रमुख शंकरप्रसाद पन्तले वताउनु भयो ।
प्रदर्शनीमा आएका बिद्यार्थी एक अर्काले बनाएका शैक्षिक सामाग्रिलाई अध्ययन गरेका थिए । यसवाट बिद्यार्थीलाई विज्ञान र प्रविधिको वारेमा सिप सिक्ने र त्यसको वारेमा जानकारी पाउनकालागि सहयोग मिल्ने प्रदर्शनी हेर्न आएका छात्रछात्राहरुले वताए ।
अगुवा स्रोेत केन्द्र रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त शैक्षीक सामग्रि प्रर्दशनीमा स्रोत केन्द्र भित्रका ३५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । DSC_1005