प्रिय मित्र डायलसनजीको स्मरणमा

प्रिय मित्र डायलसनजीको स्मरणमा

रामराज पोख्रेल —
मानिसको मृत्यु निश्चित छ, न लम्वाउन सकिन्छ, न टार्न सकिन्छ, न त सार्न नै । जन्मेपछि मृत्युलाई कसैले रोक्न सक्दैन । जुन सत्य कुरा हो, तर मृत्यू कसरी, कहिले र कहाँ भन्ने कुराले अनेकौ अर्थ राख्दछ र मृत्यूका अनेकाँै प्रकार पनि हुन्छन् । जन्मपछिको मृत्यू निश्चित भएकाले कतिपयको मृत्यूलाई सहज रुपमा लिइन्छ भने कतिपयको मृत्यूलाई असहज रुपमा मात्रै हैन लामो समयसम्म पनि आफन्तजन परिवार र आम समाजले मृत्यूको कुरालाई स्वीकार गर्न कठिन मानिरहेका हुन्छन् ।
यस्तै एउटा घटना दुई दशकदेखि एउटै पेशामा संलग्न रहेका औपचारिकता भन्दा बढी अनौपचारिकतामा रमाउन चाहने मेरो प्रिय मित्र डायलसन अधिकारीलाई ४२ वर्षकै कलिलो उमेरमा शनिवार, ३२ साउन, २०७६कादिन सप्तरी जिल्लामा भएको सवारी दुर्घटनाबाट गुमाउनु प¥यो । एउटै जीपमा सवार अन्य सबै जीवित हु“दा उहाँको मात्रै मृत्यू हुनुले “दैवको लिला” भन्ने शिवाय अरु मन बुझाउने उपाय कसैस“ग केहि छैन ।
मैले काठमाडौंबाट प्रत्येक मंगलवार प्रकाशन हुने पुनर्जागरण र बिहिवार प्रकाशन हुने खबर कागज साप्ताहिकमा संवादाताको रुपमा काम शुरु गरेको करिब दुई वर्षपछि तत्कालिन देउराली दैनिकमा काम शुरु गरेका उहा“संग २०५५ सालको अन्त्यतिरबाट चिनजानस“गै मित्रता कायम भएको थियो । जुन मित्र २०७६ साउन ३२ गते शनिवारदेखि भौतिक रुपमा अन्त्य भएको छ ।
दुई दशकको यात्रामा हामीले एउटै संचार गृहमा कहिल्यै काम गरेनौँ बरु एकले अर्कोलाई सहयोग पुराउन सकिन्छ भनेर लागीरहन्थ्याँै । उहा“ लुम्विनी वाणिज्य क्याम्पसमा र म चाहिँ बुटवल क्याम्पसमा एउटै विचारको संगठनमा संलग्न थियौँ र पत्रकारितामा आएपछि नेपाल प्रेस युनियनमा सक्रिय रह्यौँ । उहा“ व्यवस्थापन विषयको विद्यार्थी र म चाहिँ शिक्षा शास्त्रतर्फको स्वास्थ्यको विद्यार्थी भएकै कारण आर्थिक र स्वास्थ्यसंग सरोकारका विषयहरुमा एक अर्काले आफ्ना ज्ञान, सिप र अनुभव साटासाट गर्दथ्यौँ ।
उहाको देउराली पत्रिकाको आवद्धता र मैले पुनर्जागरण र खबरकागज पत्रिकाको आबद्धता करिब करिब सँगै छोडेर म स्पेसटाइम दैनिक र च्यानल नेपाल टेलिभिजनमा आवद्ध भएँ भने उहा“ हरि लम्साल दाइ र तत्कालिन सांसद सूर्यप्रसाद प्रधानको पहलमा रेडियो नेपालको स्थानीय संवाददाता नियुक्त हुनु भएको थियो । हरि दाइले त्यतिखेर मलाई भनेको एउटा कुरा अझै याद छ रामराज भाइ डायलसन भाइलाई रेडियो नेपालमा राखाँै है भनेको भर्खरै जस्तो लाग्छ । हरि दाइले भनेको केहि दिनपछि डायल्सनजीले रेडियो नेपालको परिचय पत्र काठमाण्डौबाट लिएर आउनु भयो त्यसदिन उहा“को ट्राफ्रिकचोक भित्र संगमपथमा रहेको डेरामा पार्टीस्वरुप दुईवटा चाउचाउ खाएको झलझली याद छ ।
समय क्रमस“गै उहा“ राजधानी दैनिकमा संलग्न हुनुभयो भने म चाहिँ स्पेसटाइम दैनिक र च्यानल नेपाल टेलिभिजन बन्द भएपछि तिलोत्तमा दैनिकमा सम्पादकको रुपमा काम शुरु गरियो । बीचमा हामी कुनै दिन पनि नराम्रो हुनु परेन भने एकले अर्कोलाई औपचारिक कार्यक्रमहरु वाहेकमा तपाई भन्ने शब्द प्रयोग गरेनौँ दुबैले भन्थ्याँै “तिमी” जुन तिमीे शब्दको मित्रता यति गाढा थियो जुन यति छिट्टै टुट्यो ।
नेपाल प्रेस युनियन रुपन्देहीको सभापति म, उहा“ कोषाध्यक्ष त्यसै अवधिमा उहा“को विवाहको टुङ्गो लाग्यो । बुटवलबाट हरि दाई र म कपिलवस्तुको ओदारीमा जन्ती गएको पनि भर्खर जस्तै लाग्छ । म तिलोत्तमा दैनिकमा र उहा“ रेडियो नमस्तेमा कार्यरत रहँदा हामी एकले अर्कोलाई भन्थ्यो “हाकिम” भएर होला भेटघाट पनि नहुने । जसलाई हामीले मजाकको रुपमा लिन्थ्यौँ, जुन अब त्यो एकादेशको कथा जस्तो भएको छ । प्रेस युनियनको सभापति म र उहा“ कोषाध्यक्ष हुँदा श्रमजीवी स्मारिका प्रकाशन गर्ने जिम्मा दुबैको काँधमा थियो जसलाई सजिलैस“ग प्रकाशन गरेका थियाँै । दुई दशकको सम्बन्धमा कुनै पनि कामलाई यसाु गराँै है भन्दा सहज रुपमा स्वीकार गरि तिमीले नेतृत्व गर म तिम्रो साथमा छु भन्ने उहा“को वानी आज झलझली मानसपटलमा आईरहेको छ । म प्रेस युनियनको जिल्ला नेतृत्वमा हुँदा, केन्द्रिय सदस्य हु“दा, पत्रकार महासंघको जिल्ला उपाध्यक्ष्मा चुनावै लडेर निर्वाचित हुँदा, जिल्ला अध्यक्षमा चुनाब लड्दा होस् अथवा हरेक पटकका मेरा काममा भित्री रुपमा गंभीर रुपमा सपोर्ट गर्नुहुन्थ्यो, जुन अहिले स्मरण वाहेक म केहि गर्न सक्दिन । यति मात्र हैन मैले गर्ने अन्य काममा पनि आफ्नै दाजुमाइले जसरी नै मानसिक रुपमा सकारात्मक बल दिइरहनुहुन्थ्यो ।
पछिल्ला दिनमा उहा“लाई अलि निराशजस्तो पाएको थिएँ र २०७६ असारको दोस्रो सातातिर करिव दुई घण्टा जति बसेर पत्रकारिता र स्वयम् आफुलाई कसरी बलियो बनाउने भन्ने वारेमा गंभीर छलफल ग¥याूँ र केहि दिनपछि पुनः छोँटो भेटमा एउटा सामुहिक काम जसमा पत्रकारहरु मात्र संलग्न भएर केहि गर्ने कि भन्ने मेरो प्रस्तावमा सकारात्मक सपोट पाएको थिए । त्यसको केहिदिन पछि अर्थात गत साउन ११ गते शनिवार प्रेस युनियन रुपन्देहीका पूर्व समापति छविलाल पाण्डेको बुवाको निधनका दिन समवेदना प्रकट गर्न एउटै साधनमा मुर्गिया गयाँै । त्यसबीचमा आउँदा जा“दा हामीबीच स“गस“गै एउटा संस्थागत काम गरौँ भन्ने पुनः छलफल भयो र सा“झ छुट्टियौँ । त्यसयता सामान्य भेट भएता पनि लामो छलफल र कुराकानी मुर्गिया जाँदा आउँदाकै अन्तिम भयो ।
पछिल्लो पटक उहा“ले तपाईंले मलाई प्रेस युनियनको केन्द्रिय सदस्य वनाउन सहयोग गर्नुपर्छ है भन्नु भएको थियो, जुन अधुरै रह्यो । एउटा सरल स्वभावको पेशागत निष्ठाप्रति प्रतिवद्ध मित्र गुमाउनु पर्दा मलाई यति पिडा भएको छ कि जुन व्यक्त गरेर सकिन्न । कलमको भरमा बाँचेको एउटा कलमजीवी र श्रमजीवीले आखिर पाउने के पो रहे छ र † साना नानी ÷ बाबु, कलिलो उमेरकी जीवनसाथी, वृद्ध पितालाई मात्र हैन, तपार्इंप्रति सधै सकारात्मक धारणा राख्ने म जस्ता धेरै मित्रलाई विश्वास नै नलाग्ने गरि तपाईंको भौतिक शरीरलाई खरानी बनाएर बिदा गर्न वाध्य भयौँ हामी । तपाईंप्रतिको सकारात्मक धारणा सधै चिरस्थायी रहने वाचा सहित हार्दिक श्रद्धाञ्जली डायल्सन जी ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •