रोट्रयाक्ट साउथको मिसन–ह्याप्पी स्कुल

949

रोट्रयाक्ट साउथको मिसन–ह्याप्पी स्कुल

बुटवल । कुनै पनि बिद्यालयको शैक्षिक गुणस्तर मापनको कडी त्यो बिद्यालयका बिद्यार्थी कति खुसी छन भन्ने कुराले पनि निर्धाण गर्छ । बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी खुसी हुन सकेनन भने त्यो बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा नकारात्मक प्रभाव पर्छ ।
12233534_10204833418626798_656125694_nयहि कुरालाई मध्येनजर गरेर बुटवलमा कृयाशिल रोट्रयाक्ट क्लव अफ बुटवल साउथले ३ अंगाडी सुरु गरेको मिसन ह्याप्पी स्कुल कार्यक्रमले रुपन्देहीको देवदह ११ मा रहेको जनकल्याण प्राथमिक बिद्यालयको शैक्षिक गुणस्तरमा केही सुधार ल्याएको छ ।
रुपन्देहीको देवदह नगरपालिका सुगम नगरपालिका हो । तर सुगम नगरपालिका भित्रको दुर्गम मुडाबास गाउँको सो बिद्यालयमा कक्षा ४ सम्म अध्ययन अध्यापन हुन्छ । २०४१ सालमा स्थापना भएको सो बिद्यालयमा हाल ४६ जना वालवालिका कखरा सिक्दैछन ।
देवदह नगरपालिकाको वार्ड नं. ११ माथिल्लो मुडाबासमा करिव ६५ घरधुरी छ । सुगम नगरपालिकाको दुर्गम क्षेत्र भएर पनि होला तीन वर्ष अंगाडीसम्म धेरै उमेर समुहका वालवालिकाहरु कखरा सिक्न आउने गर्थे । जव रोट्रयाक्ट साउथले मिसन ह्याप्पी स्कूल कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रमको प्रभाव बिद्यालयमा राम्रोसंग पर्यो ।
12270171_10204833412146636_736930141_nबिद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद शर्माका अनुसार मिसन ह्याप्पी स्कूल कार्यक्रमसंगै बिद्यालयमा शैक्षिक गुणस्तरमा बृद्धि भएको छ । साना नानिहरुमा अनुशासनमा रहने बानीको बिकास भएको छ ।
‘जग बलियो भयो भने घर बलियो हुन्छ ।’ यसै कारणले साना नानिहरुको शैक्षिक जग बलियो बनाउनकालागि बजारको नजिकै रहेको दुर्गम क्षेत्रलाई रोजेर कार्यक्रम सञ्चालन गरिएको रोट्रयाक्ट बुटवल साउथका अध्यक्ष रितेश ज्ञवालीले बताउनु भयो ।
सामाजिक काम गर्ने सो क्लव मिसन ह्याप्पी स्कूल कार्यक्रम सञ्चालन गरेपछि अन्य कार्यक्रम भन्दा ह्याप्पी स्कूल कार्यक्रममा बढी केन्द्रीत भएको छ । बिद्यालयले अंगाडी सारेका कार्यक्रममा बिद्यालयलाई सपोट हुने गरी क्लवले कार्यक्रम सञ्चालन गर्नेछ । बिद्यालयका वालवालिकाहरु अनुशासनको पाठ सिकाउनुको साथै समाजलाई पनि सांकेतिक अवारनेस गर्ने, बिद्यालयका वालवालिकालाई शैक्षिक सामाग्रि, बिद्यालय पोषाक, झोलालगायतका बिद्यालय सामाग्रि प्रदान गर्ने गर्दछ ।
पहिलो चरणमा सुरु गरिएको कार्यक्रम सो बिद्यालयका वालवालिकालाई खुसी बनाउन नसक्दा सम्म क्लवको तनमन सबै सोही बिद्यालयमा लगाईने अध्यक्ष ज्ञवाली बताउनु हुन्छ ।
सोही कार्यक्रम अन्तरगत क्लवले शनिबार बिद्यालयमा पुगेर बिद्यालयका वालबालिकालाई करिव एक लाख २५ हजार रुपैंया बराबरको शैक्षिक सामाग्रि, स्टेसनरी, खेलकुँदका सामाग्रि, जाडोमा लगाउने स्वीटर, जुत्ता, मोजा लगायतका सामाग्रि हस्तान्तरण गरेको छ ।
कार्यक्रम सुरु गरेदेखि हालसम्म क्लवले सो बिद्यालयको वालवालिकाको शैक्षिक बिकासकालागि हालसम्म करिव ढाई लाख रुपैंया लगानी गरिसकेको क्लवले जनाएको छ । अध्ययन गर्दै गरेका बिद्यार्थी लेवलका युवाहरुले गरेको यो लगानी सानो होईन ।
सो सामाग्रि हस्तान्तरण गर्दै क्लवका पूर्व अध्यक्ष तथा रोटरी क्लव अफ बुटवल साउथका सदस्य निशानबाबु कार्कीले क्लवले सञ्चालन गरेको शैक्षिक बिकासको यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनु भयो । यस्ता कार्यक्रमले सम्बन्धित बिद्यालयलाई मात्रै नभएर सामाजिक सचेतना जगाउन पनि मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिद्यालयको अवस्था अध्ययन गरेर रोटरी क्लव बुटवल साउथका सचिव देवीदत्त ज्ञवालीले वालकक्षा कार्यक्रमकालागि भविश्यका कर्णधार वालवालिकाको शैक्षिक बिकासमा सहयोग पु¥याउन भन्दै प्लाईउड र कार्पेट व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्टका आरपिओ ध्रुव केसीले बिद्यालयमा थप भएका वालवालिकालाई बिद्यालय पोषाक व्यबस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका आगामी वर्षका अध्यक्ष वालकृष्ण भण्डारी, पूर्व अध्यक्ष जिवन गौतम, सचिव प्रकाश खरेल लगायतले भनाई राख्नुभएको थियो ।