बुटवल, १४ असोज । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनकालागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचको मंगलवार बुटवलमा बसेको वैठकले दुर्घटना न्यूनिकरण, सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्यन गराउने र ओभरलोडलाई नियन्त्रणका लागि दवाव मुलक कार्य संचालन गर्ने निर्णय गरेको हो ।
बैठकमा सीमावर्ति क्षेत्रमा रहेका वासिन्दाको दोहोरो नागरिकता भएकाहरुवाट भारतीय नम्बरका गाडी संचालन भएकाले सोको नियन्त्रणका लागि सरकार गम्भिर हुनु पर्ने औल्याईएको छ । भारतीय गाडीको ओभरलोडका कारण नेपालको सडक ध्वस्त भएको, नेपाली व्यवसायीको लगानी सुरक्षित हुन नसककोले दवाव मुलक अभियान संचालन गर्न वाध्य हुनु परेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यमप्रसाद पाण्डेले बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले तौलपुल कार्यविधीलाई कडाईका साथ लागु गर्न जरुरी रहेको भनाई राख्नुभयो । कार्यक्रममा प्रदेश पाँचका विष्णु खरेल, विष्णुप्रसाद न्यौपाने, प्रतावबहादुर कार्की, जितु भाट लगायतले नेपाली ट्रक व्यवसायीले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले गम्भिरतापुर्वक लिन आग्रह गर्नुभएको थियो ।
दवाब मुलक कार्यक्रम संचालनका लागि यमप्रसाद पाण्डेको संयोजकत्वमा प्रतापबहादुर कार्की, नारायण थापा, लक्ष्मण भुसाल, रुमाखर गौतम, उमेश मजगैयाँ लक्ष्मण क्षत्री सदस्य रहेको समिति गठन गरिएको छ । त्यसैगरि प्रदेश समितिको सल्लाहकारमा स्वरोजगार मजदुरवाट भोला खाणँलाई मनोनयन गरिएको छ ।
