शाईन बैंकमा पूर्णिमा र भार्गव गाभिएपछि एकिकृत कारोवार शुरु

1.3K

शाईन बैंकमा पूर्णिमा र भार्गव गाभिएपछि एकिकृत कारोवार शुरु

बुटवल, २७ असोज । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक गाभिएर एकीकृत कारोवार शुरु गरेका छन् ।
१० जिल्ला कार्यक्षेत्र रहेको शाइन, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । त्यस्तै बैंकको चुक्ता पूंजी २ अर्व ६२ करोड, निक्षेप परिचालन २६ अर्व ८७ करोड, कर्जा लगानी २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।
निकट भविष्यमा नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त गरि राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पूंजीको ४ ः १ (चार शेयर बराबर १ शेयर)को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूंजी बृद्धि गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो ।