बिद्यालयका बालबालिकालाई साबुन पानीले हात धुन सिकाईयो

1.3K

बिद्यालयका बालबालिकालाई साबुन पानीले हात धुन सिकाईयो

बुटवल, २८ असोज । नेपाल रेडक्रस सोसाइटी रूपन्देहीले जिल्लाको दक्षिणी भेगका बिद्यालयमा पढ्ने बालबालिकालाई हात धुन सिकाएको छ । कोरियन रेडक्रसको सहयोगमा लुम्बिनी साँस्कृतिक नगरपालिका ३ मा रहेको पडरिया आधारभुत विद्यालय र सिद्वार्थ आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साबुन पानीले हात धुन सिकाईएको हो ।
नेपाल रेडक्रस शोसाईटी रुपन्देहीले विश्व हातधुने दिवस २०१९ को अवसरमा ती दुई बिद्यालयका व्यबस्थापन समिति, शिक्षक अभिभावक तथा बिद्यार्थीलाई सरसफाई सम्बन्धि अभिमुखिकरण सहित हात धुन सिकाएको हो ।
रेडक्रस रूपन्देहीका सभापति प्रेमलाल उदास, उपसभापति दीपक क्षेत्री न्यौपाने, उपकोषाध्याक्ष मोहम्मद शइद शेष, रेडक्रस लुम्बिनी उपशाखाका सभापति अल्ताफ हुसेन खाँ, पडरिया आधारभुत विद्यालयका अध्यक्ष राजेशचन्द वर्मा लगायतको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण रेडक्रसका पुर्व अधिकृत महेश्वर गौतम र जिल्ला शाखा अधिकृत कृष्ण मल्लले गर्नु भएको थियो ।