रुपन्देहीको मुर्गियामा ‘सैनामैना ट्युसन एण्ड कम्प्युटर ईन्ष्टिच्युट’ सञ्चालन

722

रुपन्देहीको मुर्गियामा ‘सैनामैना ट्युसन एण्ड कम्प्युटर ईन्ष्टिच्युट’ सञ्चालन

बुटवल, १७ कात्तिक । रुपन्देहीको सैनामैनामा भाषा तथा कम्प्युटर शिक्षालाई प्राथमिकतामा राखेर ईन्ष्टिच्युट सञ्चालन गरिएको छ । स्थानीय तीनजना युवाहरुको संयुक्त प्रयासमा सैनामैना ४ मुर्गियामा ‘सैनामैना ट्युसन एण्ड कम्प्युटर ईन्ष्टिच्युट’ सञ्चालन गरिएको हो ।
उक्त इन्ष्टिच्युटमा कम्प्युटर तथा बिभिन्न तहका ट्युसन कक्षा, होम ट्युसन, लोकसेवा आयोगका कक्षाहरु, अंग्रेजी, जापनीज, कोरियन भाषा कक्षा सञ्चालन गरिने सञ्चालक दिनेश पौडेलले जानकारी दिनुभयो ।
त्यस्तैगरी ईन्ष्टिच्युटबाट अनलाईन सम्बन्धि तथा अन्य शैक्षिक गतिबिधि समेत सञ्चालन गरिने उहाँले जानकारी गराउनु भयो ।