गौतमबुद्ध माध्यमिक बिद्यालयको अध्यक्षमा गणेश शर्मा न्यौपाने चयन

गौतमबुद्ध माध्यमिक बिद्यालयको अध्यक्षमा गणेश शर्मा न्यौपाने चयन

बुटवल, १९ कात्तिक । गौतमबुद्ध माध्यमिक बिद्यालय तिलोत्तमा ९ केवलानीको बिद्यालय व्यबस्थापन समितिको अध्यक्षमा गणेश शर्मा न्यौपानेलाई चयन गरिएको छ । बिद्यालय व्यबस्थापन समितिमा निर्वाचित सदस्य मध्येबाट अध्यक्ष पदमा न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
बिद्यालय व्यबस्थापन समितिमा निर्वाचित सदस्यमध्ये जेष्ठ सदस्य न्यौपानेकै अध्यक्षतामा बसेको बैठकले तिलोत्तमा नगरकार्यपालिकाको शिक्षा नियमावली अनुसार न्यौपानेलाई चयन बताईएको छ । तिलोत्तमा ९ मंगलापुर निवासी न्यौपाने शिक्षा प्रेमी तथा समाजसेवीबाट सदस्यमा मनोनित हुनु भएको थियो ।
बैठकमा बिद्यालय व्यबस्थापन समितिका सदस्यहरु धनिश्वर कंडेल, गणेश खरेल, सुशिला भुसाल, फूलकुमारी बिक र तारा गुरुङ, सदस्य सचिव हेमलाल पौडेल, तिलोत्तमा ७ का वडा अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, ९ का अध्यक्ष तथा बिद्यालयका संरक्षक नारायण न्यौपाने, शिक्षक अभिभावक संघकी अध्यक्ष लक्ष्मी ज्ञवालीको उपस्थिती रहेको थियो ।

school-manajment-teem
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •