उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई जीवन कला सम्बन्धि प्रशिक्षण सुरु

उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई जीवन कला सम्बन्धि प्रशिक्षण सुरु

बुटवल, २१ कात्तिक । प्लस टू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले रुपन्देहीका क्याम्पसहरुमा मोटिभेशनल कार्यक्रम सुरु भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्ने संस्था ड्याड नेपालको आयोजना र भाषा प्रशिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिको प्रायोजनमा बिद्यार्थीलाई जीवन कला सम्बन्धि प्रशिक्षण सुरु गरिएको हो । नवलपुरबाट सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम बिहिबार देखि बुटवलमा सुरु भएको ड्याड नेपालका प्रशिक्षक ईश्वर गैरेले जानकारी गराउनु भयो ।
प्रशिक्षणका बारेमा जानकारी गराउन बिहिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक वाई.बी. पौडेलले कलेजले विद्यार्थीको क्षेत्रमा काम गर्दै आएको हुँदा क्याम्पस तहका धेरै भन्दा धेरै विद्यार्थीलाई जीवनमा प्रेरित हुनेगरी प्रेरणादायी कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रमका लागि सहयोग गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘हामी विभिन्न सामाजिक तथा युवाहरुको क्षेत्रमा सहयोग र प्रवद्र्धन गर्ने प्रयास र उद्देश्यका साथ अघि बढिरहेका छौं ।
प्रेरणादायी कार्यक्रमका सहजकर्ता तथा प्रस्तोता इश्वर गैरेले प्लस टूू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीमा जीवन र भविष्यका विषयमा चिन्ता, गम्भिरता र डर बढि हुनाले उनीहरुको अन्यौलता र डरलाई कम गर्नका लागि कार्यक्रम सुरु गरिएको बताउनु भयो ।
उहाँले बिद्यार्थीले अध्ययन गर्ने तह र उमेर समूहका विद्याथीहरुमा जीवनका यथार्थता स्विकारोक्ति, आत्माविश्वास र सही निर्णय लिनका लागि प्रोत्साहन हुनेगरी प्रशिक्षण गरिने बताउनु भयो ।
बुटवलका सबै क्याम्पसहरुमा विद्यार्थीलाई प्रशिक्षण गरिने सेन्ट्रल कलेज, बुटवल शाखाकी प्रवन्धक अञ्जु ज्ञवालीले बताउनु भयो । प्रशिक्षणमा सहभागि हुने बिद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन । काठमाण्डौंमा मुख्य कार्यालय रहको सेन्ट्रल कलेज अफ भोकेश्नल ट्रेनिङका देशभर २१ शाखा छन् ।

Share This
  • 170
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    170
    Shares