रुपन्देहीमा पहिलोपटक महिला उद्यमी सम्मेलन

रुपन्देहीमा पहिलोपटक महिला उद्यमी सम्मेलन

बुटवल, २३ कात्तिक । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा रुपन्देहीमा पहिलो पटक महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले महिला उद्यमशीलताको आधार दक्ष जनशक्ति पूर्वाधार भएको बताउनुभयो । उहाँले यसको लागि सरकारी निकाय, स्थानिय तह र नीजि तथा सहकारीले सहकार्य गर्नुपर्ने बताउनुयभो ।
बुटवल उपमहानरपालिकाले पनि महिला उद्यमशीलतालाई जोड दिदै यो बर्ष दुईसय जनाको लागि उद्यमशीलता तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो । बेरोजगार शुन्य सहलशीलता नै अवको अभियान भएको भन्दै उपप्रमुख आचार्यले यसमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
रुपन्देहीमा पहिलोपटक आयोजना गरिएको उद्यमी महिला सम्मेलनलाई आगामी दिनमा समेत निरन्तरता दिने योजना रहेको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दीपकुमार कशौधनले जानकारी दिनुभयो ।
सम्मेलनमा ईन्टरटेच ग्रुप अफ ईडष्ट्रिजका निर्देशक श्रृष्टी गुरुङ्ग, नेपाल अचार उद्योगकी फाउन्डर संगीता पाण्डे, सिलभरलिर्निङ्ग ईभेट्सकी को फाउन्डर निसि टिब्रवाला खेतान, लाईम एण्ड लेमन ग्रुपका सागर पौडेल, सोही ग्रुपकै जया बराल, युजि केकका को फाउन्डर निकिता आचार्य, भूमि रेष्टुरेन्ट लगायत भाखा हर्वलका फाउन्डर उपस्ना श्रेष्ठ, समाज सेवी नेहा अग्रवाल, विजनेश प्रमोटर एडभाईजर दिप्ती खकुरेल, लक्ष्मी बैंकका स्टाटेजी एण्ड माकेटिङ्ग हेड भारती पाण्डे, विलेज मिडियाकी म्यानेजिङ्ग डाईरेक्टर जुना माथेमा, आईकन लर्निङ्ग सेन्टरका विशाल श्रेष्ठ, चार्टड एकान्टेन्स हरि लम्साल लगायतले कार्यपत्र प्रस्तुत गर्नुको साथै छलफलमा भाग लिनुभयो । कार्यक्रममा मुख्य प्रयोजक गोदरेज किसाजनका सुमन केसीले कम्पनीको बारेमा जानकारी गराउनु भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •