शाान्तिका लागि रुपन्देहीमा चित्रकला प्रतियागिता

शाान्तिका लागि रुपन्देहीमा चित्रकला प्रतियागिता

बुटवल, २६ कार्तिक । शान्तिका लागि अभियान जिल्ला स्तरीय चित्रकला प्रतियोगिता रुपन्देहीको सेमलारमा मंगलबार भएको छ । रुपन्देहीका विभिन्न स्थानका चार विद्यालयका २० जना विद्यार्थी सहभागि रहेको प्रतियोगितामा नवरत्न माध्यमिक विद्यालयका विद्यार्थी भावना सुनार विजय भएकी छन् । उनले प्रतियोगिताको उपाधी सहित लायन्स क्लवको डिष्ट्रिकमा प्रतिस्प्रर्धा गर्न पाउने भएकी छन् । उनी डिष्ट्रिकमा छनोट भए लायन्स इन्टरनेशनलमा सहभागि हुने अवसर पाउने र त्यहा छनोट भए नगद ५० हजार राशिको पुरस्कार पाउने छन् ।
यस्तै प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयका ज्योति रिजाल द्वितीय र सोही विद्यालयकी दिया चालिसे तृतिय भएकी छन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले साना स्कुले विद्यार्थीमा रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विश्व शान्ति, शान्तिको खोजि, शान्ति स्थापना गर्ने र शान्ति मुलक समाज दर्शाउने चित्रहरु विद्यार्थीले बनाएका थिए । मणि उजेशका अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा मन गोल्डी, कार्यक्रम संयोजक एलिना श्रेष्ठ, मणि उजेशका सचिव प्रविना घिमिरे लगायतले विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । प्रतियोगितामा रुपन्देहीका ज्ञान ज्योति मावि, सिद्धिविनायक मावि, सरस्वती मावि र नवरत्न माविका विद्यार्थीहरुले सहभागि थिए ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares