जनप्रतिनीधिहरुलाई कानुनी सचेतना

651

जनप्रतिनीधिहरुलाई कानुनी सचेतना

बुटवल, २६ कात्तिक । महिला तथा बालबालिकाहरुको संविधान प्रदत्त अधिकार कार्यान्वयनको सवालमा जनप्रतिनीधिहरुलाई कानुनी सचेतना कार्यक्रम गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजनाको सहयोग र उच्च अदालत बार एशोसियशन बुटवलको आयोजनामा मंगलबार बुटवलमा एक दिने ‘महिला तथा बालबालिकाहरुको संविधान प्रदत्त अधिकार प्रचलनका सम्बन्धमा कानुनी सचेतना’ कार्यक्रम गरिएको हो ।
रुपन्देहीको गैडहवा, कञ्चन, सियारी र सुद्धोधन गाउपालिकाका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो । त्यस अवसरमा अधिवक्ताहरु बुटवल बारका अध्यक्ष जोगबहादुर खत्री, उपाध्यक्ष ज्ञानु केसी, कार्यक्रम संयोजक सीमा धामी, सुनिल त्रिपाठी, कोपिला शर्माले संविधानमा भएका व्यबस्थाहरु, ऐन कानुन तथा दण्ड सजायको सवालमा प्रशिक्षण गर्नुभएको थियो ।
जनप्रतिनीधिहरु आफूले गर्नुपर्ने काममा अझैपनि अवविज्ञ रहेकाले यस्ता कानुनी र संवैधानिक बिषयमा हुने तालिम तथा गोष्ठिहरु प्रभावकारी हुने कञ्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु मगरले बताउनु भयो ।