तिलोत्तमामा लोकसेवा अभिमुखिकरण

तिलोत्तमामा लोकसेवा अभिमुखिकरण

बुटवल, ३० कात्तिक । बुटवलको मिलनचोक स्थीत तिलोत्तमा इन्ष्टिच्यूटले लोक सेवा र बैकिंङ तयारी कक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंक, लोक सेवा अन्तर्गत शाखा अधिकृत, नासु, खरिदार, प्रहरी सेवा तर्फ असइ, जवान साथै सेना तर्फ क्याडेड अफिसर लगायतका क्षेत्रमा कसरी तयारी गर्ने ?, परीक्षाहरु कसरी सामना गर्ने ?, परीक्षामा लेख्ने शैली, अन्तर्वातामा प्रस्तुत हुने तरिका लगायतका विषयमा अभिमुखिकरण गरेको हो ।
त्यस अवसरमा नेपाल सरकारका सहसचिव डा. टेकराज पाण्डे, नेपाल उड्यय प्राधिकरणका उपप्रवन्धक किशोर आचार्य, लेखक तथा संजीवनी कलेज बुटवलका कार्यकारी प्रमुख दिपक रोका, शाखा अधिकृत श्याम प्रसाद पौडेलले प्रशिक्षण गर्नुभएको थियो ।
सहसचिव डा. पाण्डेले लोकसेवा वा सार्वजनिक सेवाका परीक्षाहरुमा सफलता पाउन अपनाउनुपर्ने टिप्सहरु सिलसिलेवार रुपमा प्रस्तुत गर्नुभएको थियो । करीब १५० जना बिद्यार्थी सहभागि सो कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक नविन अधिकारीले हिँजोका दिनमा पाएको सफलता र अनुभवले भावी दिनकालागि समेत अझै उर्जा थपिएको बताउनु भयो ।
त्यसै अवसरमा उक्त संस्थामा अध्ययन गरि बिभिन्न दर्जामा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Share This
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares