नारी सहकारीको अध्यक्षमा पुनः गंगा गुरुङ्

नारी सहकारीको अध्यक्षमा पुनः गंगा गुरुङ्

बुटवल, ३० कात्तिक । बुटवलमा महिलाहरुले सञ्चालन गरेको नारी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न अधिवेशन पुनः गांगा गुरुङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको शनिबार भएको १९ औं साधारण सभा तथा नवौं अधिवेशनबाट निर्बिरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्पा मल्ल, सचिवमा लक्ष्मी लाकौल र कोषाध्यक्षमा बालकुमारी भण्डारीलाई चयन गरेको हो । त्यस्तै कार्यसमिति सदस्यहरुमा मीना शर्मा, सीता एसी, गोमा पाण्डे, बिनु श्रेष्ठ र शरीता भारी निर्वाचित हुनु भएको निर्वाचन आयुक्त बुलबुल श्रेष्ठले जानकारी गराउनु भयो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञलक माधवलाल देवकोटाले तीन खम्बे अर्थनीतिमा सहकारी एउटा खम्बा भएकाले मुलुकको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको बिकास समृद्धिकालागि सहकारीका माध्यमबाट महिलालाई प्रवद्र्धन गर्ने सीप बिकास तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न पनि सुझाव दिनुभयो ।
सहकारीकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, आपसी वचत तथा ऋण सहकारी संस्थाका नना छन्तेल, धौलागिरी सहकारीका नारायण अधिकारी, कल्याणकारी सहकारीका लक्ष्मण आचार्य क्षेत्री, बचत संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण चौहान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा प्रस्तु भएको अध्यक्ष गंगा गुरुङको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बालकुमारी भण्डारीको आर्थिक प्रतिवदेन र शरीता श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन पारित भएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares