देउसी खेलेर जम्मा गरेको पैसा अपांग आश्रमलाई

1.2K

देउसी खेलेर जम्मा गरेको पैसा अपांग आश्रमलाई

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा बिबिएम पांचौ सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीले देउसी भौलो खेलेर जम्मा गरेको पैसा अपांग आश्रमलाई सहयोग गरेका छन् । उनीहरुले गत तिहारमा देउसी खेलेर जम्मा गरेको पैसाबाट ३० हजार मुल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बुटवल १३ देवीनगरमा रहेको अपांग आश्रममा प्रदान गरेका हुन् ।
सहयोग हस्तानतरण कार्यक्रममा बोल्दै क्याम्पसका प्राध्यापक कृष्ण गौतमले विद्यार्थीले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले आफूहरुले दिएको ज्ञानको सहि सदुपयोग भएको पनि उल्लेख गर्नुभयो ।
सहयोग सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष डोरबहादुर रामदामले सेवा भावले अघि बढेका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै सहयोगका लागि धन्यवाद दिनुभयो । आफूहरुले भोलिका दिनमा समेत यस्तै सहयोगका कार्य गर्नेगरी अभियान चलाउने बताएका थिए । बिद्यार्थी कपिल श्रेष्ठको नेतृत्वमा ३५ जना बिद्यार्थी जम्मा भएर देउसी भैलो खेलेको बिद्यार्थी दिलिप पाण्डेले जानकारी दिनुभयो ।