एम्समा युवा र योगा कार्यशाला

1K

एम्समा युवा र योगा कार्यशाला

बुटवलको एम्स कलेजमा बिद्यार्थीलाई योगा विषयमा कार्यशाला गरिएको छ । एम्स कलेजले आर्ट लिभिङ्को सहकार्यमा अध्ययनमा एकाग्रता, सकारात्मक सोचको विकाश र सिर्जनशिलता उजागर गर्दै विद्यार्थीलाई सफल र खुसी जिवन बनाउन आर्ट अफ लिभिङ्को सहकार्यमा युवा र योगा विषयमा कार्यशाला सम्पन्न गरिएको हो ।
व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत २५० जना युवा विद्यार्थीहरु र प्राध्यापकहरुको ठूलो सहभागिता भएको कार्यक्रममा आर्ट अफ लिभिङ्का प्रशिक्षक पवन नेपालले सफल जिवनका रहस्यहरु, मनको केन्द्रिकरण, आहार व्यवस्थापन, सकारात्मक सोचको विकाश, सिर्जनशिलता लगायत विषयमा प्रणायाम र योगाको अभ्यास सहित अभिमुखिकरण गर्नु भएको थियो ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख दीपक ढकालले युवाको मन र व्यवहार विचलित हुदा सोचेको उद्देस्य प्राप्त हुन नसकेको विषयमा धारणा राख्दै युवाहरुमा संस्कार र योग अति आवश्यक रहेको बताउनु भयो । त्यस्तै सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठको संचालन र कार्यकारी निर्देशक गोपालप्रसाद न्यौपानेले बिद्यार्थीको सर्वाङ्गिण बिकासकालागि क्यामपसले व्यबहारिक ज्ञान सिपयुक्त कार्यक्रम चलाउँदै आएको बताउनु भयो ।
भोली सोमबार बिद्यार्थीलाई योग अभ्यास गराउने कलेजले जनाएको छ ।