गैडहवामा निःशुल्क सीपमुलक तालिम सुरु

गैडहवामा निःशुल्क सीपमुलक तालिम सुरु

रुपन्देहीको गैडहवा गाउँपालिका स्थित सुर्यपुरामा निशुल्क सिपमुलक सिलाइ कटाई तालिम सुरु भएको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था सुर्यपुरा शाखाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुई महिने सिपमुलक तालिम सुरु गरेको हो ।
तालिमको मंगलबार सुर्यपुरामा आयोजित एक कार्यक्रमका बिच गैडहवा गाउँपालिकाकी उपाध्यक्ष सुभावती यादवले उद्घाटन गर्नुभएको हो । तालिममा २० जना सहभागि छन् ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष यादवले सीपयुक्त जनशक्तिबाट जिपिको पार्जन तथा आर्थिक बिकासमा टेवा पुग्ने बताउनु भयो ।
संस्थाकी शाखा प्रमुख नारायणी थापाले लघुवित्तमा आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाइ जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
यस्ता सिपमुलक तालिम जारी रहने जनाउदै उहाँले संस्थाले वित्तिय क्षेत्र मार्फत न्यून आय भएका समुदायको आर्थिक स्तरोन्नती गर्ने योजना लिएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन शिला जिसी र मैना कुवँरको स्वागतमा भएको थियो ।

Share This
  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares