स्वरुप परिवर्तन गरेर मावन बेचबिखन

519

स्वरुप परिवर्तन गरेर मावन बेचबिखन

समयक्रमसंगै मानव बेचबिखन पनि स्वरुप परिवर्तन गरेर हुन थालेको छ । पहिले पहिले महिला मात्रै बेचबिखनको खिकारमा पर्थे । तर समयक्रमसंगै महिला मात्रै होईन, पुरुषहरु समेत बेचबिखनको शिकारमा पर्न थालेका छन् ।
पहिले पहिले महिलाहरु यौन शोषणकालागि बेचबिखन हुने गर्दथ्यो, तर अहिले महिलासंगै युवा, बालबालिका तथा वृद्धबृद्धा समेत बेचबिखनको शिकारमा पर्ने गरेको प्रदेश पाँच सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेलबासेले बताउनु भयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले शनिबार बुटवलमा गरेको मानव बेचबिखन तथा महिला हिंसा विरुद्ध संचारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले यौन क्रियाकलाप, मानव अंग प्रत्यारोपण, श्रमशोषण, माग्ने, बधुवा मजदुर लगायतका क्रियाकलापमा मानव बेचबिखन हुने गरेको बताउनु भएको हो ।
उहाँले अहिले महिला मात्रै बेचबिखनमा पर्ने नभएर स्वरुप परिवर्तन भई महिला संगै पुरुषहरु समेत बेचबिखनको शिकारमा पर्न थालेको बताउनु भएको हो । यसको रोकथामका लागि चेतनामुलक कार्यक्रमसंगै सतर्कता अपनाउनु पर्ने र अपराधमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनकालागि कानुन समेत प्रशिक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
हात हतियार ओपास पसार तथा प्रयोग, लागु औषध, मानव बेचबिखन र नक्कली नोटको कारोवार संगठित अपराधमा पर्ने बताउँदै यस्तो अपराध गर्ने व्यक्तिलाई कारवाहीकालागि समेत सूचना आदान प्रदानमा समेत सबैको साथ सहयोग हुनु पर्ने उहाँले बताउनु भयो ।
सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेमबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष निरु गौतम, सुनगाभाका कार्यकारी प्रमुख गोपाल केसी, अनुगमन संयोजक ताराबहादुर काउचा, सचिव सुमित्रा बुढाथोकि लगायतले मानवबेचविखनलाई रोक्न संचार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनु भएको थियो ।