मेलाको प्रचार गर्न जनचेतनामुलक मोटरसाईकल ¥याली

1.3K

मेलाको प्रचार गर्न जनचेतनामुलक मोटरसाईकल ¥याली

यहि पुसको ९ गतेदेखि सुरु हुन लागेको औद्योगिक व्यापार मेला बुटवल–२०७६ को प्रचार प्रसारकालागि पूर्वसन्ध्यामा प्रचारात्मक जनचेतनामुलक ¥याली गरिँदै छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको प्रचार प्रसारकालागि मंगलबार जनचेतनामुलक मोटरसाईकल ¥यालीको तयारी गरिएको जनचेतना ¥याली तथा श्रव्यदृष्य एवं पार्किङ् व्यबस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी गराउनु भयो ।
मध्यान्न १२ बजे शुभारम्भ हुने ¥यालीको उद्घाटन बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गर्नुहुनेछ । ¥यालीको शुभारम्भ पश्चात मेला स्थल देवीनगरदेखि मगरघाट पुल हुँदै मोतिपुर वेलभरीया, भाटा, मैनहीया, फर्साटिकर, हिरापुर, सेमलार, तामनगर, नयाँगाउँ हुँदै बुटवल नगर परिक्रमा गरि राजमार्ग चौराहा, मिलनचोक, होराईजन चोक हुँदै मेला स्थल पुगेर ¥याली समापन गरिने समन्वय कर्ता संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।